Section 3
कर्मचारी सम्बन्धी व्यवस्था
३.१ रजिष्ट्रार :
३.१.१ परिषद्को प्रशासकीय काम कारबाही गर्न नेपाल सरकारले एकजना रजिष्ट्रार नियुक्ति गर्नेछ ।
३.१.२ रजिष्ट्रारले परिषद्को सचिव भै काम गर्नेछ ।
३.१.३ रजिष्ट्रारको सेवा, शर्त र सुविधा तोकिए बमोजिम हुनेछ ।
३.१.४ रजिष्ट्रारको अनुपस्थितिमा निजले गर्नु पर्ने सबै काम कारबाही गर्न नेपाल सरकारले परिषद्को अन्य कुनै अधिकृत तहको कर्मचारीलाई तोक्न सक्नेछ ।
३.२ रजिष्ट्रारको काम, कर्तव्य र अधिकार :
३.२.१ रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
३.२.१.१ नाम दर्ताको लागि परेका दरखास्त आवश्यक कारबाहीको निमित्त उपदफा ४.४.१ बमोजिम गठित जाँचबुझ समितिमा पेश गर्ने ।
३.२.१.२ यो ऐन र नियमको अधीनमा रही परिषद्को निर्णय बमोजिम समयसमयमा नाम दर्ता गर्नुपर्ने चिकित्सकहरुको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा नाम दर्ता गरी दर्ताको प्रमाण पत्र दिने ।
३.२.१.३ कुनै दर्तावाला चिकित्सकको मृत्यु भएमा वा यो ऐन र नियम बमोजिम दर्ता किताबबाट नाम हटाइनु पर्ने भनी परिषद्बाट निर्णय भएका चिकित्सकहरुको नाम दर्ता किताबबाट हटाउने ।
३.२.१.४ दफा ४.६ बमोजिम कुनै दर्तावाला चिकित्सकले व्यवसाय छाडेको वा ठेगना बदलेको कुराको सूचना प्राप्त भएमा सो अनुसार दर्ता किताबमाव्यहोरा जनाउने ।
३.२.२ रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।
३.३ परिषद्का कर्मचारीहरु :
३.३.१ परिषद्ले आवश्यक भएजति कर्मचारीहरु नियुक्त गर्न सक्नेछ ।
३.३.२ उपदफा ३.३.१ बमोजिम नियुक्त भएका कर्मचारीहरु रजिष्ट्रारको रेखदेख र नियन्त्रणमा रहनेछन्।
३.३.३ परिषद्का कर्मचारीको सेवा, शर्त र सुविधा तोकिएबमोजिम हुनेछ ।